Breaking News
Loading...

अन्तर्राष्ट्रिय स्तरको एवार्ड जित्न सफल अभिनेत्री गरिमा पन्तलाई राष्ट्रपतिको भेट

फिल्मीबजार,२०७१ जेष्ठ २२ बिहिबार,काठमाण्डौ ।
केहि समय अघि मात्रै श्रीलंकामा सम्पन्न सार्क फिल्म फेस्टिबल २०१४ को सस्करणमा उत्कृष्ट नायिकाको रुपमा एवार्ड जित्न सफल गरिमा पन्तलाई बिहिबार महामहिम राष्ट्रपती डा. रामवरण यादबले भेट दिनु भएको छ । सम्भवत पहिलो पटक अन्तर्राष्ट्रिय एवार्ड जित्न सफल भएको कारण पनि हुन सक्छ सम्माननीय राष्ट्रपती ले भेट दिनु भएको । garima panta with rastrapati filmybazarपहिलो पटक राष्ट्रपतिको आग्रहमा नेपाली नायिकालाई भेट दिनु भएको हो । बिहिबार राष्ट्रपती कार्यालय शितल निवासको उक्त बिशेष भेटघाट कार्यक्रममा यादबले नायिका गरिमालाई बधाई तथा आगामी कला यात्राका लागि शुभकामना दिनु भयो । सो कार्यक्रममा निकै निश्चित समय निकाल्नु भएको राष्ट्रपतिले कुराकानीकै क्रममा निर्धारित समय भन्दा आधा घण्टा बढी समय दिनु भयो । करिब एक घण्टाको कार्यक्रममा राष्ट्रपती यादबले गरिमाको अभिनयको खुलेरै प्रसंसा समेत गर्नु भयो ।garimaa with rastrapati filmy bazarनेपालमा फिल्म रिलिजको समयमा टेलिभिजनमा प्रोमो हेर्दा गरिमालाई देखेको सम्झदै अब गरिमा संगै बसेर राष्ट्रपती कार्यालयका सबै कर्मचारी र आफ्नो परिवारलाई समेत फिल्म ‘झोला’देखाउन रहर लागेकोले आजै गरिमालाई सो समयमा उपस्थित हुनका लागि समेत निम्तो दिनु भयो । राष्ट्रपतिको निम्तोमा भेट पाएको र उहाकै हातबाट बधाई र शुभकामना पाउदा निकै उत्साहित बनेकी गरिमाले कलाकारितामा केहि गर्नका लागि जिम्मेवारी थपिएको प्रतिकृया दिइन् ।

सार्क फिल्म फेस्टिबलको सम्पन्न एवार्डमा नेपाल बाट फिल्म ‘साँघुरो’ र ‘झोला’मनोनयनमा परेको थियो । जस मध्ये झोला बाट गरिमाले उत्कृष्ट अभिनेत्रीको एवार्ड जितिन् भने फिल्म‘साँघुरो’निर्देशक जोयस पाण्डेले फेस्टिबल जुरीको तर्फबाट उत्कृष्ट ‘नव प्रतिभा सर्टिफिकेट अफ रेकग्निसन’ प्राप्त गरेका थिए ।
तस्बिर : दीप बिमली

Loading...

Comments are closed.

Scroll To Top