Breaking News
Loading...

New Face:Suzana Dhakal

फिल्मीबजार,२०७१ चैत्र १७ मंगलवार,काठमाण्डौ ।
स्थापित नायिका बन्ने सुरमा सुजना
एसएलसी दिए संगै १४ बर्षको उमेरमा अर्थात् ५ बर्ष पहिले झापा तोपगाछी देखि कलाकारितामा सुनौलो सपना सझाएर काठमाण्डौ भित्रिएको १९ बर्षीय मोडल तथा नवनायिका सुजना ढकाल नेपाली चलचित्र उद्योगमा स्थापित नायिका बन्ने सुरमा छिन् ।suzana dhakal fet image filmybazar५ फिट ४ उचाई र ३४x३५x३६ शारीरिक बनावटकी सुजना सर्बप्रथम गायिका आकांशा बस्याल र रजिना रिमालको स्वर रहेको ‘तिमीले जे गरे नि..’बोलको गितको म्युजिक भिडियो मार्फत मोड्लिङमा प्रवेश गरेकी हुन् ।

बीबीए प्रथम बर्षमा अध्ययनरत सुजनाले चलचित्र ‘आवारा’ र ‘प्रेमी’मा अभिनय गरिसकेकी छिन् । यद्दपी उनि अभिनित फिल्म प्रदर्शन भएका छैनन् । कलाकारिता प्रवेशको छोटो समयमा नै दुइ दर्जन भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी सुजना नेपाली चलचित्र उद्योगमा सम्भावना बोकेकी एक पात्र हुन् ।

*तस्बिर:केजी सिंह

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top