Breaking News
Loading...

गसिप | भूकम्प पिडितका नाममा राहत संकलन भनि अमेरिका उड्न थाले कलाकार

फिल्मीबजार,१ असार २०७२,काठमाण्डौ ।
भूकम्पका पिडितलाई केहि चलचित्रकर्मी,कलाकार तथा सेलिब्रेटीले राहत वितरण र पुनर्निर्माणमा सहयोग गरे । केहिले नि:स्वार्थ भाबले सहयोग गरे होलान् तर धेरै जसोले प्रोफाइल बनाउन र आफुलाई समाज सेवी भनि चिनाउन सस्तो लोकप्रियताका लागि काम गरेको देखिएको छ ।actress in usa filmybazarराहत वितरणमा गरेको दु:खलाई कलाकारले अहिले बोनसका रुपमा लिएका छन् । राहत बितरणमा सकृय रहेका तस्बिर र प्रोफाइल देखाउदै कलाकार ‘ड्रिम ल्याण्ड’अमेरिका उड्न थालेका छन् । केहि समय अघि राहत संकलनका लागि भन्दै अभिनेत्री रेखा थापा अमेरिका गएकी छिन् ।यद्दपी उनी अहिले प्रेमी सुदर्शन गौतम संग बसेको श्रोत बताउछ ।

उनी अमेरिकामा कुनै पनि कार्यक्रममा सहभागी भएको जानकारी अहिले सम्म आएको छैन । यद्दपी केहि भूकम्प पिडित चलचित्रकर्मीलाई भने उनको नाममा राहत वितरण गरियो । उनले काठमाण्डौमा रहदा राम्रो भूमिका निर्बाह गरेकी थिइन् भने अमेरिका गए पछी पनि सकृयता देखाउनु सकारात्मक पक्ष हो । तर राहत संकलनका नाममा फ्रेश हुन अमेरिका जानु पक्कै गलत हो ।

यस्तै अभिनेत्री निशा अधिकारी पनि शनिबार अमेरिका उडेकी छिन् । उनले अहिले सम्म अमेरिका गएको आधिकारिक जानकारी गराएकी छैनन् । तर श्रोतका अनुसार प्रेमी सरद भेष्वाकर संग प्रेम सम्बन्धमा पूर्ण बिराम लागे पछी फ्रेश हुनका लागि भूकम्प पिडितका लागि राहत संकलन कार्यक्रममा सहभागी हुन भनी अमेरिका गएको बुझ्नमा आएको छ । निशा भूकम्प पिडितका लागि राहत बितरण तथा पुनर्निर्माणमा समेत सकृय थिइनन् ।

अहिले नायिका नन्दिता केसी पनि भूकम्प पिडितका लागि राहत संकलन कार्यक्रममा सहभागी हुने भनि अमेरिका जान लागेको खबर आएको छ । उनले हालै दुताबास बाट भिषा पाइसकेकी छिन् । यस अघि दुतावासले ‘रिजेक्ट’ गरेकी नायिकालाई अहिले भूकम्प पिडितकै नाममा दुतावासले भिषा दिएको छ ।

नायिका केसी ‘वि फर अल’नामक एक राहत वितरण तथा पुन:र्निर्माण समूहको सदस्यको रुपमा केहि दिन भूकम्प पिडितका लागि सेवामा जुटेकी थिइन् । रेखा हुदै निशा र नन्दिता सम्म आएको यो लहरको लाइनमा अरु को को छन् आउने समयले बताउला ।

अमेरिका कार्यक्रमका लागि गएकाहरु जल शाह, शाराङ्गा श्रेष्ठ, पुजा चन्द, अरुणीमा लम्साल, उषा पौडेल, ऋचा घिमिरे, रञ्जना शर्मा लगायतका दर्जनौ कलाकरहरुले उतै छन् भने १८ बर्षको अमेरिका बसाइ पछी अभिनेता सरोज खनाल भने केहि दिन अघि मात्रै नेपाल आएका छन् । केहि बर्ष अघि नायिका करिश्मा मानन्धर पनि सदाका लागि नेपाल फर्किएकी थिइन् ।

भूकम्प पिडितका नाममा भिषा लगाएर अमेरिका उड्ने,विभिन्न नाममा रकम जम्मा गर्ने कलाकारले साच्चै भूकम्प पिडितका लागि के गरे गरेनन् भन्ने बिषयको लेखाजोखा हुन आबश्यक छैन र ?

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top