Breaking News
Loading...

New Face:Shrijana Basnet

फिल्मीबजार,११ असार २०७२,काठमाण्डौ ।
गत बर्ष देखि मोडलिङमा झुल्किएकी सृजना बस्नेत पछिल्लो समय म्युजिक भिडियो तर्फ अघि बढ्दै छिन् । आर्कषक शारीरिक बनावटकी यी नवमोडलमा कुसल नायिका बन्ने चाह रहेको बताउछिन् ।srijana basnetगायिका अन्जु पन्तको ‘हाँसे होला….’ बोलको गीत मार्फत् भिडियोमा अभिनय यात्रा आरम्भ गरेकी सृजनालाई अहिले म्युजिक भिडियो संगै फिल्मको अफर समेत आइरहेको बताउछिन् । रामेछापलाई जन्मभूमि बनाएर काठमाण्डौलाई कर्मभुमि बनाउदै गरेकी सृजना आफुमा मोडलिङमा केहि गर्न सक्ने क्षमता भएकाले यो क्षेत्रमा प्रवेश गरेकी बताउछिन् ।srijana basnet filmybazar1अभिनय र नृत्यमा पोख्त सृजनाले अहिले सम्म आधा दर्जनजति म्युजिक भिडियोमा अभिनय गरे पनि २ वटा भिडियो मात्र सार्बजनिक भएको छ । अन्जु पन्तको ‘हाँसे होला….’र लक्ष्मी राइको ‘पहिलो भेट…’बोलको गित सार्बजनिक भएका छन् भने गायिका मिलन अमात्यको एक गितको भिडियो सार्बजनिक हुने तयारीमा छ । उनको अभिनय क्षमता राम्रो संग हेर्न नपाउदै उनलाई भिडियो र फिल्मको अफर आउनुले आत्मविश्वास बढेको उनी बताउछिन् ।srijana basnet filmybazarस्कुलको वातावरणले मोडलिङमा लाग्न प्रेरणा मिलेको बताउने सृजनाले आँटेको र गर्छु भनेको कुरा पूरा गरेरै छाड्ने स्वभावको कारण पनि आफु ग्यालमर क्षेत्रमा सफल हुने विश्वास लिएकी छिन् । मोडलिङ संगै राम्रो फिल्ममा काम गरेर कुशल नायिका बन्ने उद्देश्य रहेको सृजना बताउछिन् ।srijana basnet filmybazar2

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top