Breaking News
Loading...

गसिप | फिल्ममा भन्दा लोकदोहोरीमा हिट नायिका सुष्मा कार्की (भिडियो सहित)

फिल्मीबजार,३१ असार २०७२,काठमाण्डौ ।
हट नायिका सुष्मा कार्की पछिल्लो समय लोकदोहोरी म्युजिक भिडियोमै सीमित बनेकी छिन् । प्रेमी काण्डका कारण चर्चा र आलोचनामा मुछिने गरेकी सुष्मालाई फिल्ममा लिन पनि निर्माता निर्देशक डराउने गरेका छन् । यद्दपी उनलाई लोकदोहोरीले भने थेगीरहेकै छ ।sushma-karki-hot-fbसुष्माको गतिबिधि पछिल्लो समय फेसबुकको भित्तामा तस्बिर टास्दै र कहिले कसो लोकदोहोरीमा सेक्सी भूमिकामा अंग प्रदर्शन संगै अन्स्क्रीन रोमान्समा लिप्त हुने गरेकी छिन् । सुष्माको हट अबतारले भने लोकदोहोरी म्युजिक भिडियो उत्पादन कम्पनी र रोयल्टी बुझ्नेलाई भने निकै फाइदा गरेको छ ।सुष्मा अभिनित प्राय:लोकदोहोरी गीत सबै चर्चित छन् । यसो त केहि हद सम्म उनी अभिनित गीतलाई उत्ताउलो गीतको संज्ञा दिएका छन् । यसो हुदा सम्म पनि सुष्माले लोकदोहोरी गीतमा अभिनय गर्न छोडेकी छैनन् र अहिले आम्दानीको गतिलो श्रोत बनाइरहेकी छिन् ।

गत तीजका बेला सुष्मा ‘कनाइ देउन बाइ’बोलको गीतका कारण चर्चा संगै आलोचित बनिन् । उक्त गीतमा सुष्माले टिभी सिरियल ‘भद्रगोल’का कलाकार बले,कक्रोच र जिग्री संग रोमान्स गरेकी थिइन् । यस्तै  सुष्माले बले र कक्रोच संग लोक गायिका रमिला न्यौपानेको एक गीतमा सेक्सी डान्स संगै रोमान्स गरेकी थिइन् ।उक्त गीतमा सुष्माले आफ्नो भित्रि बस्त्र समेत खुलेरै देखाएकी थिइन् यसले उनलाई थप आलोचित बनाए पनि उनले भने चर्चा कमाएको सोच्दै अघि बढिन् । अहिले फेरी सुष्मा अभिनित तथा प्रकाश कटुवाल र सरिता कार्कीको स्वर रहेको ‘मुख छोप्छौ लाजले…’ बोलको लोकदोहोरी गीतमा उनले सेक्सी अबतारमै अभिनय गरेकी छिन् । यो गीत पनि अहिले निकै चर्चामा छ ।बिशेष गरी भित्रि बस्त्र शो गरेकै कारण चर्चा र आलोचना खेप्ने गरेकी सुष्माका लागि अंग प्रदर्शन र भित्रि बस्त्र देखाउनु सामान्य लागे पनि गीत संगीत र म्युजिक भिडियोमा त्यो शैलीले प्रस्तुत हुनु राम्रो पक्ष भने पक्कै होइन ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top