Breaking News
Loading...

new face : Aruna Subedi

फिल्मीबजार,२४ भाद्र २०७२,काठमाण्डौ ।
सुन्दर नगरी इलामलाई जन्मथलो बनाएर काठमाण्डौलाई कर्मथलो बनाएकी अरुणा सुबेदी मिलनसार स्वभावकी छिन् । ५ फिट ४ इन्च उचाई र ३६x२९x३६ को आकर्षक शारीरिक बनावटकी उनी बिद्यालय हुदै कलेज स्तरमा हुने कार्यक्रममा उद्घोषणमा अब्बल थिइन् ।Aruna Subedi Filmybazar5 copyभिजे,मोड्लिङ,ट्राभलिङ,र नृत्यमा रुची राख्ने उनले स्नातक तह सम्मको अध्ययन पुरा गरेकी छिन् । स्कटल्याण्ड,फ्रान्स र युके सहित आधा दर्जन युरोप देशको भ्रमण गरिसकेकी उनले पछिल्लो समय कर्मथलोका रुपमा युकेलाई बनाइन् ।

उनी युकेको करिब ७ बर्षको बसाई पछी नेपाल प्रतिको माया र कलाकारिता प्रतिको झुकाबले नेपाल फर्किएकी छिन् र अहिले मोड्लिङ र चलचित्रमा काम गर्ने सोचले अघि बढेकी छिन् । आफु भित्रको प्रतिभालाई प्रस्फुटन गर्नका लागि नै कलाकारिता रोजेको बताउने उनी कलाकारितालाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिन्छिन् ।

म्युजिक भिडियो र चलचित्रमा अफर आएको बताउने उनले जीवनको परिभाषालाई भने संघर्ष,सम्भावना र चुनौतीको समिश्रणको संज्ञा दिन्छिन् ।
मोडल अरुणा सुबेदीको तस्बिर हेरौ

तस्बिर:कुबेर तामाङ / फिल्मीबजार डटकम

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top