Breaking News
Loading...

हावा तालमा फिल्म खेल्ने यि नायिका बनिन् प्रेमीका देखि पत्नी सम्म

७ आश्विन २०७२,काठमाण्डौ ।
-अभिनेत्री पुजा शर्मा pooja sharma filmybazarअभिनयमा लाग्ने सोच नै थिएन । कलेज पढ्दै थिएँ । अचानक ‘अफर’ आयो ‘थ्री लभर्स’को । त्यतिवेला मलाई अभिनयबारे केही थाहा थिएन । चार वर्षअघि पहिलोपटक आएको ‘अफर’लाई स्विकारेँ । सहअभिनेत्री भएँ । पूरै हावा तालमा । फिल्मको ‘रेस्पोन्स’ राम्रो नआए पनि मैले आफूलाई पर्दामा जाँच्न पाएँ । त्यसपछि म हिमालय टेलिभिजनमा भिजेका रूपमा काम गर्न थालेँ ।

सुदर्शन थापासँग चिनजान भयो । उहाँले ‘मधुमास’ फिल्ममा मलाई ‘ब्रेक’ दिनुभयो । र, म अभिनेत्री भएँ । त्यसपछि मैले फिल्म अभिनयलाई नै ‘करिअर’ बनाउने सोच बनाएँ । ‘मधुमास’मा विवाहित युवतीको भूमिका निर्वाह गरेँ । सबैले मेरो कामको तारिफ गरे । ‘मधुमास’पछि मैले आलोक नेम्वाङ निर्देशित ‘अझै पनि’ फिल्ममा अभिनय गरेँ । त्यो फिल्ममा म काँठ क्षेत्रकी सोझी युवती, पछि प्रेमिका हुँदै पत्नीसम्मको भूूमिकामा छु ।

‘अझै पनि’ पछि म पुन: सुदर्शन थापाको निर्देशनमा सन्तोष सेनले निर्माण गरेको ‘चंखे शंखे पंखे’ फिल्ममा ‘हिरोइन’ बनेँ । शुक्रबारदेखि रिलिज हुन लागेको यो फिल्ममा म टेलिभिजन रिपोर्टर छु । यो भूमिका अलि चुनौतीपूर्ण छ । फिल्ममा पत्रकारिताको माध्यमबाट देश निर्माणमा होमिएका युवालाई सहयोग गर्ने भूमिकामा छु ।

मैले अहिलेसम्म अभिनय गरेको पछिल्लो फिल्म ‘प्रेमगीत’ हो । प्रेमगीतमा ‘लभर गर्ल’ छु । ‘चंखे शंखे पंखे’ र ‘प्रेमगीत’बाट निकै आशावादी छु । मैले अभिनय गरेका पाँचवटै फिल्ममा म फरक–फरक चरित्र र भूमिकामा छु । अब त अभिनयलाई नै प्रमुख पेसा बनाएकी छु ।

नयाँपत्रिकाबाट साभार

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top