Breaking News
Loading...

टेलिभिजन कार्यक्रममा रिसाए सेट बाटै बाहिरिए अभिनेता सरोज खनाल (भिडियो)

फिल्मीबजार,२५ आश्विन २०७२,काठमाण्डौ ।

Click Here to Watch Entertaining Videos करिब १७ बर्ष पछि अमेरिका बाट नेपाल फर्किएका अभिनेता सरोज खनाल एक नेश्नल टेलिभिजन च्यानलमा अन्तर्बाता दिने क्रममा रिसाएर अन्तर्बाता सेट बाटै बाहिरिएका छन् । फन्नि शैलीको अन्तर्बाता भन्ने कुरा खनालले बुझ्न नस्कदा अभिनेता खनालको रिसलाई टेलिभिजन प्रस्तोताले छताछुल्ल बनाएकी छिन् ।saroj khanal htv‘भेजा फ्राई’नामक टेलिभिजन कार्यक्रममा अभिनेता सरोज खनालको अमेरिका यात्रा देखी पछिल्लो समयको चलचित्रको बिषयलाई समेत उठान गरिएको छ । प्रस्तोता निकिता आचार्यले उक्त कार्यक्रममा अतिथिको रिसलाई पर्दामा देखाउने गरी प्रश्न गरेकी छन् । कार्यक्रमको प्रकृति बुझ्न नस्कदा खनालले चरम रिस पोखेका हुन् ।

अभिनेता खनाललाई छोरा अमेरिका आर्मिमा भर्ति गरेको,श्रीमतीको कलालाई मारेको र बुढो भएपछि आश्रम लिन नेपाल आएको भन्ने किसिमका प्रश्न सोध्दा खनाल रिसले चुर बनेका छन् । साथै प्रश्नमा चित्त नबुझे पछि खनालले पत्रकारलाईलाई अभिनयमा लाग्न सुझाब दिएका छन् । उनले पत्रकारलाई आफुले बनाउन लागेको चलचित्रमा ‘एक झुर पत्रकार’ को अभिनयका लागि लिने सम्म बताएका छन् ।

अन्तर्बाताकै क्रममा अभिनेता खनालले नेपाली मिडिया र पत्रकारको समेत खण्डन गरेका छन् । कार्यक्रमको प्रकृति बुझ्न नस्कदाका खनालको ‘भेजा फ्राई’ भएको छ ।
भिडियो हेर्नहोस् :

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top