Breaking News
Loading...

कलाकार संघमा खै सेलिब्रेटी ?

फिल्मीबजार,२१ मंसिर २०७२,काठमाण्डौ ।
मंसिर २६ गते हुन लागेको कलाकार संघको १४ औ साधारण सभा तथा निर्बाचनमा सेलिब्रेटीको क्रेज अत्यन्त न्युन देखीएको छ । चुनाबी माहोल तातेर बैशाख-जेठको जस्तो गर्मा-गरम चल्दै गर्दा चलेका सेलिब्रेटीलाई भने साधारण सभा र चुनाबको रौनकले छुन सकेको छैन । यसो त कतिपय कलाकारलाई सो बारे कुनै अत्तोपत्तो नै छैन ।faan chairperson nomines filmybazarगत भाद्र २३ गते हुने भनिएको चुनाब गैर कलाकारलाई सदस्यता बितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निबेदन परेपछि प्रशासनले नै चुनाब रोकेको थियो । प्रशासनले छानबिन समिति नै गठन गरेको थियो । समितिले प्रतिबेदन पेश गरेपछि ठुलो कसरत पछि अहिले चुनाब हुन लागेको हो ।

३१ जना कलाकार चुनाबी मैदानमा उत्रिएका छन् । आईतबार निर्बाचन समितिले उमेद्दवारको अन्तिम नामावली प्रकाशन गरेको छ । जसमा सहकोषाध्यक्षमा नायिका नन्दिता केसिको मात्र उमेद्दवारी परेकाले उनी स्वत: सो पदमा आईसकेकी छिन् । यस पटकको चुनाबमा पनि चलेका सेलिब्रेटी नेत्रृत्व तहमा आउन सकेनन् । faan election name fbकलाकार संघलाई सेलिब्रेटीहरुको संस्थाको रुपमा लिने गरिए पनि सेलिब्रेटीको सहभागीता सिलो खोजे झै खोज्नु पर्छ । सेलिब्रेटी बिना नै राजनैतिक चलखेलकै कारण चुनाबि माहोल रन्कीरहेको सेलिब्रेटीहरु बताउछन् । यस पटक लय संग्रौला,रामकेशर बोगटी र बिशाल बिष्टले उमेद्दवारी दिएका छन् । यिनै तिन उमेद्दवार बाट एक जनाले नेत्रृत्व समाल्नेछन् । यद्दपी तिनै उमेद्दवारलाई सम्बन्धित क्षेत्रकैले चिन्दैनन् ।

लामो समय देखी टेलिभिजन कार्यक्रममा सकृय हुदै आएका लय संग्रौलालाई भने अन्यको तुलनामा चिन्नेहरु होलान । तर,बिशाल बिष्ट र रामकेशर बोगटीलाई वास्तबमा कलाकार नै मानिदैन । यि दुईलाई चिन्नेहरु बिरलै होलान् ।

अध्यक्ष पदका लागि नायिका करिश्मा मानन्धर आउने तयारी रहे पनि चलखेल हुने भन्दै उनि पन्छिईन् । करिश्माले त हिम्मत गर्न नसकेका कारण अन्य चलेका सेलिब्रेटीहरुले सो पदका लागि मुटु दरिलो बनाउन सकेनन् । यस्तै उपाध्यक्ष पदमा पनि त्यस्तै देखिएको छ । उक्त पदमा ४ जनाको उमेद्दवारी परे पनि रेजिना उप्रेतीलाई मात्रै चिन्नेहरु होलान् ।तर,सानु ताम्रकार पुराना कलाकार भएकाले उनको अलग परिचय छ । यस पदमा पनि फलानो चाँहि सेलिब्रेटी हुन् भनेर भन्न सकिने अबस्था छैन् ।

महासचिब पदमा २ जनाको उमेद्दवारी परेको छ । लामो समय देखी टेलिभिजन सिरियलमा अभिनय गर्दै आएकाले सरिता लामिछानेलाई अधिकासले चिन्छन् । यस्तै सचिब पदमा पनि २ जनाकै उमेद्दवारी परेको छ । जसमा चेत बहादुर सिंहलाई पुरानो कलाकारको हैसियतले चिन्नेहरु छन् । तर,संघकै आजिबन सदस्य संजय खतिवडाले कहिले कुन फिल्म खेले उनैलाई थाहा नहोला । सुमन दाहालको निर्देशन रहेको एक चलचित्रमा उनले अभिनय गरे पनि सो फिल्म रिलिजको कुनै टुङगो नै छैन ।

यस्तै कोषाध्यक्ष पदमा २ जनाकै उमेद्दवारी छ । आकास बाबु खवास बर्तमान कार्यकालको पनि कोषाध्यक्ष हुन् । दुबै कलाकार सेलिब्रेटीको ट्याग बाट धेरै पर छन् । तर,सदस्य पदमा उमेद्दवारी दिएका कलाकारहरु भने सेलिब्रेटी ट्यागका नजिक छन् । शिबहरी पौडेल,शिबहरी नेपाल ‘बैरागी’,गजित बिष्ट,आशिष्मा नकर्मी,सबिन श्रेष्ठ,देबीराम पराजुली ‘भोक लाग्यो’,कबिता शर्मालाई भने सबैले चिन्छन् ।

यद्दपी पछिल्लो समय चलेका सेलिब्रेटी चुनाबमा सहभागी नहुदा चुनाबको रौनकमा कमि हुने निश्चित छ । चल्तीका कलाकारहरु करिश्मा मानन्धर,रेखा थापा,दिपक राज गिरी,दिपाश्री निरौला,प्रियंका कार्की,निशा अधिकारी,नम्रता श्रेष्ठ,आर्यन सिग्देल,जिवन लुँईटेल,सीताराम कट्टेल’धुर्मुस’, केदार घिमिरे ‘माग्ने बुढा’,दह्याङ राई,केकी अधिकारी लगायत पुराना सेलिब्रेटी कलाकारको उमेद्दवारी नहुनाले संघ र सेलिब्रेटी क्रेजका बारे प्रश्न चिन्न खडा गरेको छ ।

कलाकार संघ सेलिब्रेटीको संस्था हो की राजनिति गर्ने थलो कलाकारले नै बुझ्न सकेका छैनन् । आगामी दिनहरुमा पनि यस्तै गति हुने हो भने नाम परिबर्तन गर्दा कुनै फरक नपर्ला भन्ने किसिमको प्रतिकृया फिल्मीबजारमा चल्न थालेको छ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top