Breaking News
Loading...

समिक्षा । ‘बागमती’ किन भयो दुषित र अप्राकृतिक ?

नविन थापा,२६ पुष २०७२ ।
nabin thapa fb‘फर्स्ट इन्टरनेसनल फिल्म अफ राजेश हमाल’ दर्शक यहीँ अफवाह पब्लिसिटी स्टन्टले हैरान थिए कि ‘बागमती’ राजेश हमालको पहिलो अन्तराष्ट्रिय चलचित्र कसरी हुन्छ जसले ३०० बढी नेपाली चलचित्रमा अभिनय गरेका छन् ?? । ‘कि विदेशी निर्देशकले बनाएको चलचित्र भएर हो ? त्यो निर्देशकनै जानुन् ।

नेपालका प्रतिष्ठित कलाकारमध्येका एक, महानायकको उपमा पाएका राजेश हमाललाई ‘दादा इज ब्याक’ भनेर जुनरुपमा चलचित्रको प्रचारप्रसार गरियो त्यो निकैनै तुच्छ प्रवृतिको फण्डा थियो । किनकी राजेश हमाल कहिले पनि नेपाली चलचित्रबाट हराएकै थिएनन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बागमती’ वर्तमान अवस्थाको बागमती नदि भन्दा निकै फरक देखियो, दुषित र अप्राकृतिक । “पब्लिसिटीमा जुन दम देखिएको थियो, आम दर्शकले जुन खालको प्रतिक्षा गरेका थिए,सायद शुक्रबार हलमा पुगेर बागमती हेर्ने दर्शकले महसुस गरे होलान्, पैसा भन्ने चिज निकै महत्वपूर्ण रहेछ,विचार पुर्याउनु पर्ने रहेछ खर्च कस्तो चिजमा गर्ने भनेर ।”

नेपालका चलचित्र प्राबिधिकहरु भारतीय चलचित्र बजारमा पुगेर आफ्नो भविष्य खोजिरहेका छन् । तर,दक्षिण भारतीय चलचित्र उद्योगका भनिएका कथित केहि यस्ता चलचित्रकर्मीले नेपालमा आएर नेपाली चलचित्रकर्मीलाई आफ्नो मुट्ठीमा च्याप्दै, फस्टाउदै गरेको नेपाली चलचित्र उद्योगलाई पछाडी फर्काउने दुषप्रयास गर्दैछन् । ‘बागमती’ अहिलेसम्म नेपालमा निर्माण भएका चलचित्रमध्येकै सर्वाधिक लगानी गरिएको चलचित्र भनेर बजारमा जुन हल्ला पिटियो,सायद निर्माण पक्षको यहीँ निर ठुलो गल्ति थियो । “सोच्नु पर्ने कुरा बाहिर देखाउने भन्दा फरक हुनुपर्छ”,’चलचित्रमा के कति खर्च भएको हुन्छ त्यो त चलचित्रको पर्दामा स्पष्ट देखिहाल्छ नि’,सायद निर्माण पक्षको भ्रम थियो,’नेपाली दर्शक भ्रममा बिक्छन् ।’

राजेश हमाल र शिव श्रेष्ठ एक समय नेपाली चलचित्रका यस्ता हतियार थिए,जसका चलचित्रले लाखौ पैसा उद्योगमा भित्र्याउथे । तर अहिले, समय फेरिएको छ,सायद उनिहरुले बुझेनन्,एक सिन डाइलग बोल्दैमा, एक सिन फाइट खेल्दैमा दर्शक हलमा ओइरिदैनन् ।

पछिल्लो समय नेपाली चलचित्रको स्तरवृद्धिले चलचित्र ब्यबसायिकतालाई महत्वपूर्ण स्थान दिदैछ । नेपाली चलचित्र नहेर्ने दर्शकको आकर्षण,सद्भाव,प्रसंशा र समर्थनले,खस्किएको चलचित्र बजारलाई पुन: माथि उठाउने प्रयास गर्दैछ । तर, शुक्रबार ‘बागमती’ हेर्ने कोहिपनि दर्शकले सोचेका थिएनन् होला नेपाली चलचित्र यतिसम्म तल्लोस्तरमा निर्माण हुदोरहेछ भन्ने ।

‘मुटुरोगी छोरीको उपचारका लागि पैसा जोहो गर्न कहिले जुवाको खाल त कहिले प्रहरीको हत्या’, पात्र रबि यसैमा अल्झीएका छन् । प्रहरीको फन्दाबाट उम्किएर भाग्न सफल राजेश उनै ट्रीपरड्राइभर रबिसंग प्रहरीलाई झुक्याउदै ‘कहिले चोभार त कहिले धुलिखेल, कहिले फर्पिंग त कहिले टौदह’ यहीँ दौडाहमा सकिन्छ चलचित्र ‘बागमती’ ।

‘सच्चा नेपाली चलचित्रप्रेमीले अफवाहका भरमा ‘बागमती’का लागि पैसा खर्च गर्नु भुल हुनेछ,’टुंगो न बुङ्गोको स्टोरीलाईनको सार्थक अन्त्य सायद ‘टु बि कन्टिन्युड ‘ वाला ‘बागमती २’मा दर्शकले हेर्न पाउछन् कि ?? आशा गरौ !

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top