Breaking News
Loading...

भ्यालेन्टाईन बिशेषमा ‘प्रेम गीत’को पुजा र प्रदिप (फोटो फिचर)

फिल्मीबजार,२ फाल्गुण २०७२,काठमाण्डौ ।
पछिल्लो समय नेपालमा पनि भ्यालेन्टाईन डे अर्थात् प्रेम दिवसलाई महत्वका साथ हेर्ने गरिएको छ । माया प्रेममा डुबेका र बिबाह बन्धनमा बाधिएका मात्र नभएर मन पराउने एकले अर्कालाई प्रेम प्रस्ताब राख्ने दिनका रुपमा यस दिनलाई बिशेष मानिन्छ ।valentines pradip n pooja filmybazar 9सामान्यतया प्रेम दिवसलाई सेलिब्रेटी तथा कलाकारहरुले पनि बिशेष महत्वका साथ मनाउने गरेको पनि देखिन्छ ।भने,कतिपय कलाकार र सेलिब्रेटीहरुले भने यसलाई सामान्य बिषयका रुपम लिने गरेका छन् । पाउनु मात्र प्रेम नभएर त्यागलाई पनि प्रेमको प्रतिकका रुपमा हेर्ने गरिएको छ ।

यसपालीको प्रेम दिवस बिशेषका रुपमा शुक्रबार देखि प्रदर्शनमा आएको चलचित्र ‘प्रेम गीत’का जोडी प्रदिप खड्का र पुजा शर्मालाई फिचरीङ गरिएको छ । यस पटकको प्रणय दिवसका बारे प्रदिप र पुजा यसो भन्छन् ।
प्रदिप खड्का (नबनायक)
पहिले पहिले म कलेज जिवनमा केटीलाई प्रपोज गर्ने बिषयलाई मात्र भ्यालेन्टाईनका रुपमा लिने गर्थे तर,वास्तबमा त्यस्तो होईन रैछ । यस पटकको प्रेम दिवस भने मेरो बिगतका भन्दा धेरै नै फरक हुदैछ । यस पटक म मेरा दर्शकहरु संग मनाउदैछु ।

आज प्रेम दिवसका दिन म पोखराका दर्शकहरु संग फिल्म हेर्दै मनाईरहेको छु । भने भोली देखि पुर्ब जान्छु । त्यहाँ पनि मनाउनेछु । कलेज जिवनको जस्तो नहुदोरैछ अहिले चाँही अलि म्याचुएर्ड भए जस्तो लाग्छ । कलेजमा थियो प्रेम अहिले चाँही छैन ।
पुजा शर्मा (नायिका)
यस पटकको प्रेम दिवस खासै रौनक छैन । साँचो प्रेम काठमाण्डौ छ । म पोखरामा छु । अहिले सम्म रेड रोज सम्म आएको छैन । अनि कसरी खास हुन्छ र प्रेम दिवस तर, म दर्शकहरु संग प्रेम दिवस मनाईरहेकी छु । माया प्रेम प्रेमी-प्रेमिका संग मात्र मनाउनु पर्छ बन्ने होईन । परिवार र आम नागरिक बिचनै माया प्रेम र सद्भाब हुन जरुरी छ।
प्रदिप र पुजाको भ्यालेन्टाईन यस्तो छ :

 

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top