Breaking News
Loading...

गसिप । भुवन हिरोईन ताक्ने,हिरोईन अनमोल ताक्ने कस्तो खिचडी ?

फिल्मीबजार,७ फाल्गुण २०७२,काठमाण्डौ ।
अहिले भुबन केसी निर्देशित फिल्म ‘ड्रीम्स’ को चर्चा चल्न थालेको छ । निर्माण पक्ष अहिले चलचित्रको प्रचारमा ब्यस्त हुदै गर्दा हालै राजधानीमा आयोजित एक कार्यक्रमा भुबन र अनमोलले बोलेका स्टेटमेन्टले चलचित्र बृतमा गसिप बन्न थालेका छन् ।anmol and samragyi fb
फिल्मको अडियो बिमोचनमा समारोहमा अभिनेता भुवन केसीले डेब्यु हिरोईन साम्राज्ञी राज्यलक्ष्मी शाहको खुलेरै प्रसंसा गरे । अरुको कार्यक्रममा बिरलै सहभागी हुने गरेका केसीले भने आफ्नो कार्यक्रममा अतिथिलाई करिब डेढ घण्टा पर्खाए । उनले बोल्ने क्रममा साम्राज्ञीको तारिफमा अधिक समय खर्चिए ।

भुवनले नयाँ कलाकार भएर पनि अन्य चल्तीका नायिकाको भन्दा कम नरहेको दाबी गर्दे मिडियालाई समेत चुनौती दिए । यदी कसैलाई साम्राज्ञीको कामलाई मन नपरे त्यसको सम्पुर्ण जिम्मेवार आफुले लिने बताए । यसो त उनले डेब्यु गराएपछि चलिन भने भुवनले नै क्रेडिट पाउने हुन भने,चलिनन् भने पनि उनलाई खास फरक पर्ने वाला छैन ।

पहिलो पटक नै चल्तिका नायक अनमोल केसी संग स्क्रिन शेयर गर्न पाएकी साम्राज्ञी अनमोलको अपोजिटकै कारण अहिले चर्चामा छिन् । अनमोलकै कारण दर्जनौ फिल्म खेलेको नायिका सरह नै अहिले उनलाई मिडियाले वाच गर्न थालेको छ ।

फिल्ममा साम्राज्ञी सहित भिजे सन्ध्या केसी पनि यसै फिल्म बाट नायिकाका रुपममा डेब्यु गरेकी छिन् । यद्दपी उनलाई निर्माण पक्षले कुनै पनि कार्यक्रममा सहभागी गराएको छैन । अहिले सम्म फिल्मको ट्रेलर र दुई वटा गीत रिलिज गरिसक्दा सन्ध्यालाई मिडिया माझ परिचय समेत गराएका छैनन् ।

नारी प्रेमी अभिनेताका रुपमा चिनिएका भुवनको पहिचानका कारण डेब्यु हिरोईनलाई पत्रकारले सोधेका थिए ‘भुवन र अनमोल केसीमा कसलाई रोज्नुहुन्छ ? उनी केहि बेर अक्क न बक्क भईन् र सरल तरिकाले जवाफ फर्काईन् ‘स्वभाबिक रुपले अनमोल’ । उनले अनमोलको तारिफ गर्दै अहिले सम्म अनमोलको बिकल्प नरहेको समेत भन्न भ्याईन् । यस कारण पनि भुवनले साम्राज्ञीलाई मात्र चेपेको देखिन्छ ।

यस अघिको फिल्म ताका र अन्य कार्यक्रममा सहभागी हुदा भुवनले छोरा अनमोलको तारिफ गरेर थाक्थेनन् । तर अहिले नयाँ भुवनलाई हिरोईनको तारिफ गर्देमा भ्याईनभ्याई छ । आखिर यहाँ कस्तो खिचडी पाक्दैछ भुवन जी ?

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top