Breaking News
Loading...

प्रियंका र दह्याङ राईको यो कस्तो निकटता ?

फिल्मीबजार,५ चैत्र २०७२,काठमाण्डौ ।
पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा दुई पात्र दह्याङ राई र प्रियंका कार्की बढी चर्चामा छन् । अभिनेता राई र अभिनेत्री कार्की सहभागी हुने गरेका कार्यक्रममा यि दुईका चर्तिकलाले सहभागीहरु पनि चकित हुने गरेका छन् ।dahyang rai and priyanka karki fbकहि कतै दह्याङलाई देख्ने बितिक्कै प्रियंका हाम फालेर चुम्बन गर्न जान्छिन् । अनि कपाल मिलाईदिने देखि लिएर दह्याङको हरेक कुरामा ख्याल गर्ने गरेकी छिन् । जुन कुरा कार्यक्रममा सहभागीहरुले नै देख्ने गरेका छन् । बुधबार साँझ राजधानीमा आयोजित एक कार्यक्रममा समेत उनिहरुको यस्तै चर्तिकला देख्न पाईयो ।dahyang and priyanka fbयति मात्र होईन फिल्मको सार्बजनिक कार्यक्रममा क्यामराकै अगाडी पनि प्रियंकाले दह्याङको निकै ख्याल गर्ने गरेकी छिन् । यि दुईका सार्बजनिक तस्बिर हेर्दा प्रेम सम्बन्धमा रहेको हुन सक्ने संकेत समेत जनाउछ । तर,दह्याङको बच्चा समेत छन् भने प्रियंका डिभोर्सी हुन् ।

यि दुईको यो रामलिला कहिले सम्म देख्न पाईने हो हेर्न बाँकी छ । उता स्रोतका अनुसार दह्याङ पनि अफमा प्रियंकाको नजिक रहेका छन् । तर,सार्बजनिक कार्यक्रममा दह्याङ अलि सचेत छन् मिडिया संग तर,प्रियंकालाई मतलब छैन । उल्टै मिडियालाई बोलाई बोलाई दह्याङ संगको तस्बिर खिचाउन मस्त हुने गर्छिन् ।dahyang and priyanka karki fbसेलिब्रेटीहरु बिच सामान्य रुपमा चुम्बन र हग गर्नु नौलो कुरा होईन तर,हरेक सार्बजनिक कार्यक्रममा प्रेमी प्रेमिकाको झै लिला देखाउनुले यि दुई बिच के खिचडी पाक्दैछ भन्ने प्रश्न सृजना गरेको छ ।

तस्बिर:अनलाईनखबर

-गसिप

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top