Breaking News
Loading...

फिल्म खेलेर पनि चम्कन नसकेका यी पाँच अभिनेत्रीहरु

फिल्मीबजार,११ चैत्र २०७२,काठमाण्डौ ।
चलचित्र उद्दयोगमा सफल अभिनेत्री बन्छु भनेर सुनौलो सपना देख्नेहरु प्रशस्त छन् । तर,सफल कमै मात्र भएका छन् । उद्दयोगमा यस्ता अभिनेत्रीहरु पनि छन्,जसले संख्यात्मक हिसाबले धेरै सिनेमा खेले तर ब्यापारिक हिसाबले एउटा पनि सफल हुन सकेन ।यस्तै सिनेमा कम खेल्ने तर एउटै सिनेमाले परिचय बनाएका अभिनेत्री पनि छन् ।sabina karki n jiya kc यसैगरी सिनेमा खेलेका तर सिनेमा घर देख्न नपाएका अभिनेत्रीहरु पनि छन् । भने,कुनै एक फिल्म हिट भएको र त्यस पछि कुनै फिल्ममा काम गर्न नपाएकाहरु अभिनेत्री पनि प्रसस्त छन् ।

सबिना कार्की र जिया केसीले फिल्म ‘एटिएम’ खेले । सेक्स केन्द्रित बिषयबस्तुको उक्त फिल्मले चलचित्र क्षेत्रमा एक किसिमको हलचल मच्चायो । त्यस समय यि दुईले धेरै आलोचना समेत सहे । फिल्म प्रदर्शनको पहिलो शोमै राज्यले रोक्यो पछि पुन: प्रदर्शनमा आयो र पैसा पनि कमायो तर यि दुई अभिनेत्रीहरुको करियर नै ध्वस्त पार्यो ।

एउटा फिल्म ब्यापारिक रुपले सफल हुने हो भने सो फिल्मका अभिनेता,अभिनेत्रीको डिमान्ड बढ्ने गर्छ । तर सबिना र जियाको कुनै डिमान्ड हुन सकेन । यसो त म्युजिक भिडियोले समेत यि दुईलाई पत्याएनन् । फिल्म हिट हिरोईन फ्लप भनेर अहिले यि दुई पात्रलाई पनि लिन सकिन्छ । यस्ता धेरै उदाहरण छन् यहाँ ।

उक्त चलचित्र पछि जियाको अनुहार पर्दामा देख्न पाईएको छैन । यस्तै सबिनाले निकै बलबुताले पाएको ‘लाटी’ फिल्म पनि सुपरडुपर फ्लप भएपछि उनी फुर्सदिली बनेकी छिन् ।

यस्तै चल्न नसकेकी अर्की अभिनेत्री हुन् जेनिशा केसी । उनी निर्माता रमेश त्वएना संगको निकटताका कारण फिल्म ‘आधी बाटो’ मा नायिका बनिन् तर दर्शकको नजरमा नायिका बन्न सकिनन् । जसको कारण फिल्म रिलिज भएका करिब दुई बर्ष हुदा पनि अर्को फिल्म खेलेको जानकारी समेत आउन सकेन ।

‘आधी बाटो’ रिलिजको समयमा उनको चुरिफुरी निकै थियो,त्यसै अनुरुप फिल्मले राम्रो ब्यापार गरेको भए उनको चुरिफुरीले काम गर्ने थियो तर,फिल्मले आलु खाएपछि उनी चलचित्र क्षेत्रबाट नै पलायन हुन पर्यो । फिल्म असफल भए पनि यतिका अबधीमा २।४ वटा सिनेमा खेल्न पर्ने थियो तर एउटै सिनेमा नभएपछि पलायन भएको बुझ्न कर लाग्यो ।

फिल्म खेलेर पनि चम्कन नसकेकी एक बरिष्ट अभिनेत्री हुन् महिमा सिल्वाल । यिनले करिब डेढ दर्जन भन्दा बढी सिनेमा खेलेकी छिन् । तर,सम्भवत तीन वटा सिनेमा मात्र प्रदर्शन भए । प्रदर्शनमा आएका सिनेमाले उनलाई महिमा सिल्वाल अभिनेत्री हुन् भनेर दर्शक माझ छाप बनाउन नसक्दा अभिनेत्री हुन् कि सामान्य नारी चलचित्र क्षेत्रले समेत चिन्न सकेको छैन ।

सेटिङ र मिटिङका भरमा सिनेमा खेल्ने धेरै अभिनेत्री छन् । जस अन्तर्गत पर्ने केहि अभिनेत्री चले तर धेरै असफल रहे । यसै मध्येमा पर्छिन् महिमा सिल्वाल ।mahima jiya n ashisma filmybazarचम्कन नसकेकी अर्की अभिनेत्री हुन् अशिष्मा नकर्मी । उनी चलचित्र ‘अन्तराल’ बाट रजतपटमा प्रबेश गरेकी थिईन् । डेब्यु गरेको फिल्मले गतिलो ब्यापार गर्न नसक्दा उनलाई दर्शकले चिन्न सकेनन् । यसो त उक्त फिल्ममा उनी एक्ली अभिनेत्री थिईनन् । उनी संग नम्रता सापकोटा पनि थिईन् । नम्रता अहिले यदाकदा म्युजिक भिडियोमा देखिने गरेकी छिन् ।

अशिष्मा आसा गरिएकी अभिनेत्री हुन् तर उनी अभिनित फिल्महरु एकाएक असफल भएपछि गरिएको आसा निरासामा परिणत भएको छ । ‘अन्तराल’, ‘अर्धकट्टी’, लगायतका उनी अभिनित चलचित्र फ्लप भए पनि उनले निरन्तर रुपमा फिल्म पाईरहेकी छिन् तर सहायक भुमिकामा । उनले पछिल्लो समय ‘संरक्षण’मा मलिना जोशीको सहायकमा काम गरेकी छिन् ।

निकै चुरीफुरी देखाएर सिनेमा उद्दयोगमा आउने त्यसपछि एउटै फिल्म बाट सेलाएर बिस्थापित हुनु भन्दा कछुवाकै चालमा भए पनि निरन्तर चल्न सके राम्रै पो हुन्थ्यो की ?

-गसिप

Loading...

Comments are closed.

Scroll To Top