Breaking News
Loading...

Actress:Janawi Bohara

फिल्मीबजार,१० बैशाख २०७३,काठमाण्डौ ।
वि.स २०६० सालमा डबलीमा अभिनय सम्बन्धी तालिम लिएर औपचारिक रुपमा कलाकारितामा पाईला टेकेकी नायिका जान्बी बोहरा पछिल्लो समय कलाकारितामा सक्रिय हुन थालेकी छिन् ।janwi bohara 15www.filmybazar.comस्कुले जीवन देखी नै गीतसंगीत र नाटक मन्चनमा निकै रुचि राख्ने जान्बीले स्कुले समयमा पनि दर्जन जति सचेतनात्मक सडक नाटक,बाल नाटक गरिन् । उनले कलेज जीवनमा पनि नाटकलाई निरन्तरता दिदै दर्जन हाराहारिमा बिभिन्न स्टेज नाटक प्रस्तुत गर्दै कलाकारितामा अघि बढिन् ।

पहिलो पटक नेपाल टेलिभिजनमा प्रसारण भएको ‘माटोले माग्दैन आफैले दिनुपर्छ’ सिरियलमा अभिनय गरेकी जान्बीले त्यस लगत्तै ‘किलो ट्याङगो माईक’ लगायतका दर्जन जति सिरियलमा काम गरिन् । उनले अहिले सम्म ४ वटा सिनेमामा काम गरे पनि डेब्यु सिनेमा ‘सपना तिम्रो मेरो’ मात्र प्रदर्शनमा आएको छ ।

केहि बिज्ञापनमा समेत काम गरेकी जान्बी अभिनित म्युजिक भिडियोको संख्या भने दुई दर्जन पुगिसकेको छ । ५.४ फिट उचाई र ३६x२६x३६ को आकर्षक शारिरिक बनावटकी नायिका जान्बी बोहरा पछिल्लो समय बिभिन्न सामाजिक काममा समेत सक्रिय छिन् ।

फोटो ग्यालरीमा नायिका जान्बी बोहरा:

तस्बिर:शिबलाल श्रेष्ठ

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top