Breaking News
Loading...

प्रमोदले गरे स्कुल हस्तान्तरण

 

फिल्मीबजार,१२ असार २०७३,काठमाण्डौ ।

गायक प्रमोद खरेलले गर्त वर्षको महाभुकम्पका कारण ध्वस्त भएको एक विद्यालयको पुन:निर्माण गरिदिएका छन् । उनले बेल्जियमको पासा:पुच लगायतको सहयोगमा दोलखा, सुन्दरावतीस्थित निकै विकट स्थानमा रहेको सरस्वतीप्राथमिक विद्यालय बनाइदिएका हुन् ।pramod kharelत्यसै विद्यालय गायक खरेलले स्थानीय ब्याक्तीहरुलाई  हस्तान्तरण गरे । कक्षा तीनसम्म पढाईने उक्त विद्यालयमा चार कोठे पक्की भवनको पुन:निर्माण भएको हो । ‘आज मेरो एउटा सपना पुरा भएको छ,’ गायक खरेलले भने, ‘महाभुकम्प लगत्तै स्थानिय सुदिपकुमार रेग्मीजीको माध्यमबाट यो स्कुल अवलोकनलागि म यहाा आइपुगेको थिए ।

त्यतिवेला स्कुल पुर्ण रुपमा क्षतिग्रस्त थियो, विद्यार्थीको अनुहारमा निराशा थियो, कसैको खुट्टामा चप्पल थिएन, कसैको के । आज सबैको मुहार चम्किएको पाउादा म खुशी छु ।’

यो स्कुलमा ६८ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रिन्सिपल प्रल्हादप्रसाद पकुवालले बताए । ‘९० प्रतिशतभन्दा बढी विद्यार्थी थामी समुदायबाट छन्, ’ उनले भने । भूकम्पपछि पालमा राखेर विद्यार्थी पढाएको उनले बताए ।स्कुल हस्तान्तरण कार्यक्रममा हास्यकलाकारहरु किरण केसी, शिवहरी पौडेल, जितु नेपाल, संगीतकार चेतन सापकोटा, प्रस्तोता नरेश भट्टराई लगायत सहभागी थिए ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top