Breaking News
Loading...

विवाह गर्दिन भन्न रिजन छैन – केकी अधिकारी

फिल्मीबजार ,२७ पौष काठमाण्डौ 

यतिबेला अभिनेत्री केकी अधिकारीलाई भ्याइनभ्याइ छ । उनि अभिनित फिल्म लभ साशा यो हप्ता रिलिज हुदैछ । यसैले गर्दा पनि केकीको व्यस्तता यो साता लभ साशाकै लागि हुनेछ । उनले यसै फिल्म मार्फत पहिलो पटक कर्मासंग स्क्रिन शेयर गरेकी छिन । पछिल्लो समय यी दुइको जोडीलाई दर्शकले मन पराएको कमेन्ट सोसल साइट्स प्रसस्तै देख्न पाइन्छ ।

माधव वाग्लेको निर्माणमा तयार भएको यस फिल्ममा लेखन तथा निर्देशन प्रचण्डमान श्रेष्ठको रहेको छ । यसै फिल्म मार्फत केकीले कार्यकारी निर्मात्रीको आभास पनि गर्न पाएकी छिन । पहिलो पटक निर्मात्री बन्नु र धेरैपछी टाइटल रोलमा देखिनुले पनि केकीको व्यस्तता बढेको हो । यहि व्यस्तताकै बेला फिल्मीबजारसंग केकीले फिल्म र आफ्नो भावना साटेकी छिन ।keki-adhikari-love-sasha

१.पब्लिसिटीले कत्तिको व्यस्तता बढाएको छ ?
यतिबेला ब्यस्त नै फिल्म लभ साशाको पब्लिसिटीमा छु । जहाँ जसरि निम्तो आउछ त्यहि अनुसार उपलब्ध भइरहेकि छु र फिल्मको गीत संगीत र ट्रेलरबाट आएको प्रतिक्रियाले उत्साहित पनि छु ।
२.ट्रेलरको कुन पक्षलाई हेर्नेले रुचाउनु भएको छ ?
फिल्मको डायलगलाइ विशेष मन पराउनु भएको छ । फेरी हामीले तडक भडक भन्दा पनि सिम्पल लभ स्टोरी देखाउदै छौ । यसको डायलगलाई माया गर्ने जोडीले निकै छोएको प्रतिक्रिया दिनु हुन्छ हामीलाई इनिसियल भन्दा पनि वर्ड अफ माउथले फाईदा गर्छ बन्नेमा विश्वस्त छौ ।
३.कर्मासंग काम गर्ने अवसर यस अघि किन जुरेन ?
खै , त्यो मलाइ पनि थाहा छैन । हुन् त हाम्रो चिनजान घनिष्ट पनि थिएँन । मैले उहाको सानो संसार नै हेरेको थियो र त्यो निकै मन परेको थियो । उहासंग काम गर्ने इच्छा थियो नै र यसमा उहाको अपोजिटमा देखिदैछु भन्ने थाहा पाएपछि निकै उत्साहित पनि भएको थिए । अहिले प्रायले कस्तो राम्रो जोडी भन्नु हुन्छ निकै खुसि लाग्छ ।
४. रियल लाइफमा पनि यो जोडी भए हुन्थ्यो भन्ने पनि धेरै छन् रे ?
हो धेरै हुनुहुन्छ । कर्मासंग तिम्रो जोडी मिलेको है ,धेरैले भन्नु भाको छ । यस्तो सुन्दा मलाइ खुसि लाग्छ र हाम्रो टीमको सोचले पूर्णता पाको आभाष हुन्छ । किनकी फिल्म स्टार्ट गर्दा प्रोड्युसर माधव दाई र डिरेक्टर प्रचण्डले मलाइ तिमि र कर्माको जोडी स्थापित हुन्छ भन्नु भाको थियो ।
५. बाहिरबाट हेर्दा कर्मा निकै कम बोल्नु हुन्छ जस्तो लाग्छ , संगै काम गर्दा कस्तो पाउनु भयो ?
मलाइ पनि पहिला कर्मासंग कसरि काम गरिएला जस्तो लागेको थियो । अझ हाम्रो शुट सुरु हुदा पनि हाम्रो केमेस्ट्री मिलेको थिएन जसले गर्दा निकै गाह्रो भाको थियो । तर पछी विविध कारणले शुटिङ केहि समयको लागि ब्रेक भयो र त्यस बीचमा हामीले वर्क शप गर्यौ । त्यसपछी मित्रता पनि बढ्यो साथै हाम्रो केमेस्ट्री पनि मिल्यो ।
६.कर्मासंग जोडी सुहायो त सबैले भन्नु हुन्छ तर अब विवाहको लागि उमेर भयो भन्ने दबाब कत्तिको आउछ ?
अब त पढाइ पनि सकियो त्यसैले गर्दा होला घरबाट विवाहको लागि सोच भन्नु हुन्छ । अझ घर भन्दा पनि नातेदारबाट अब विवाह गर्न भन्ने प्रस्ताव निकै आउछ तर यतिबेला मेरो फोकस भने काम मै छ जसलाई मेरो बाबा(निर्देशक बद्रि अधिकारी) ले राम्रो संग बुझ्नु भएको छ । किनकी अब ममीले दिने जवाफ नै सकियो पहिला छोरी पढ्दै छे भन्नु हुन्थ्यो अब उहाले विवाह गर्दिन भन्नको लागि कारण नै छैन तर बाबालाई थाहा छ यसले अझै काम गर्नु छ भन्ने । 
७.साशाले नेपाली युवतीलाई कत्तिको रिलेट गर्छिन ?
साशा बाहिरबाट पढेर नेपाल आएको भएता पनि उनि नेपाली नै हुन् । यसले त्यस्तो मायालु जोडीलाई रिलेट गर्छ जसले आफ्नो जीवनको डिसिजन लिन सकिरहेका छैनन् । समाज वा घर परिवारका लागि भनेर आफ्नो मनको आवाज महसुश गर्न पाएका छैनन् । यसले त्यस्ता जोडीलाई मायाको महत्व बुझाउ अझ भन्नु पर्दा मायाको आभाष दिलाउछ यसले ।
८. यस पटक त कार्यकारी निर्मात्री पनि बन्नु भयो है ?
अब मैले जानेको बुझेको नै फिल्म हो । एक दिन त मेकिङमा आउनु नै थियो त्यसैले यहि फिल्मबाट गरेकी हु । राम्रो फिल्म पाएकोले सुरुवात गरेकी तर निर्माणलाई निरन्तरता दिने योजना छैन तर भविष्यमा भने पक्कै पनि मलाइ फुल निर्मात्रीको रुपमा पाउनु हुनेछ । यसलाई सिकाइ पनि भन्न सक्नु हुन्छ भने यो प्रस्ताव टीमबाट आएकोले पनि हो ।
९.साशाको भन्नाले हामीले के बुझ्ने ?
मलाइ बुझ्नुस र पौष २८ बुझ्नुस हे हे हे । खासममा पहिला यसको नाम आइ लभ यु साशा थियो र पछी लभ साशा बनाएका हौ । यो साशा भन्ने नाम विश्वमै रिलेट हुने रहेछ , हरेक देशमा यसको आफ्नै छुटै महत्व छ । साथै यो शब्द संस्कृतको हो जसको अर्थ मानवले पुजा गर्ने देवी हुदो रहेछ ।

१०.फिल्ममा तपाइले राम्रो गर्नु भएको छ भन्ने चर्चा त झनै रिलिजपछी तपाई र फिल्ममा कसको चर्चा चुलिएला ?
पक्कै पनि फिल्मको चुलिनु पर्छ किनकी कथा बलियो भएँन भने कलाकारको मेहनत देखिन्दैन । मैले मात्र हैन कर्माले पनि उत्तिकै मेहनत गरेका छन् । हामीले एउटा सिनमा ५१ टेक सम्म दिएका छौ । किनकी हामी बेस्ट चाहने टीम थियौ । मलाई लाग्छ हाम्रो फिल्म इनिसियल भन्दा पनि वर्ड अफ माउथले माथि जान्छ । किनकी माया नगर्ने र मन नपराउने मान्छे सायदै हुन्छन होला ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top