Breaking News
Loading...

चलचित्र जुन त लाग्यो तारालेको “तिम्रो आगमनले” बोलको गीत रिलिज (भिडियो)

फिल्मीबजार, १५ असार २०७४,काठमाडौ
नेपाली कथानक चलचित्र जुन त लाग्यो तारालेको “तिम्रो आगमनले” बोलको गीत रिलिज भएको छ ।
जुनिम गहतराजको निर्देशनमा बनेको चलचित्र साउन ६ गतेबाट अल नेपाल रिलीज हुंदैछ । सुनिल मानन्धर, धन कुमारी बिक र नहकुल खड्काको निर्माणमा बनेको चलचित्रको गीतमा दिपा लामा र सोनुप पौडेलको स्वर रहेको छ भने गीतलाई अनिल शर्मा र शुशान्त गौतमले लेखेका हुन भने संगित पनि गौतमकै रहेको छ ।
यसअघि चलचित्र २१ बर्ष निर्माण गरेका यो युनिटले फेरी दोश्रोपटक चलचित्र निर्माण गर्न लागेको हो । जुनीम गहतराज, जिवन राई र सबिना मगरको अभिनय रहेको यस चलचित्रलाई संगम सिलवाल र विवेक केसले लेखेका हुन् । राजेश मगरको सम्पादन रहेको चलचित्रलाई सुमन कोईरालाले खिचेका हुन् ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top