Breaking News
Loading...

‘टल्क्यो जवानी’बोलको गीत सार्वजनिक (भिडियाे)

फिल्मीबजार, २४ असार २०७४, काठमाडाै

फिल्म ‘दुई रुपैयाँ’को अर्को गीत ‘टल्क्यो जवानी’ सार्वजनिक भएको छ। ‘कुटुमा कुटु सुपारी दाना’ बोलको भिडियो गीत सार्वजनिक भएलगत्तै हिट भएपछि फिल्म निर्माण पक्षले आईटम गीतको रुपमा ‘टल्क्यो जवानी’ बोलको भिडियो गीत सार्वजनिक गरेको हो।

‘टल्क्यो जवानी’ को भिडियोमा कलाकारहरु निश्चल बस्नेत, अशिम शाह र मिस तामाङ २०१२ सुमी मोक्तानले अभिनय गरेका छन्। गीतमा केटाको स्वरमा निश्चल बस्नेत आफैले स्वर दिएका छन् भने महिलामा गायिका मीना निरौलाले स्वर दिएकी छन्। गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन्। अशिम शाहद्वारा निर्देशित फिल्म ‘दुई रुपैयाँ’ भदौ २३ गते रिलिज हुनेछ। एक दिनमा तीन लाख १५ हजार जनाले उत्त भिडियाे हेरिसकेका छन् ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top