Breaking News
Loading...

छोटो फिल्म ‘हरियो बिल्ला’को ट्रेलर सार्वजनिक (भिडियाे)

फिल्मीबजार, २६ असार २०७४, काठमाडाै

नेपाली हाँस्यव्यङ्ग्य क्षेत्रका चर्चित हास्य अभिनेता सिताराम कट्टेल र कुञ्जना घिमिरे धुर्मुस–सुन्तलीले निर्देशन गरेको छोटो फिल्म ‘हरियो बिल्ला’को ट्रेलर सार्वजनिक भएको छ। २ मिनेट २६ सेकेण्ड लामो यस ट्रेलरमा सरसफाई र पारिवारीक प्रेम कथा देखाइएको छ।

 

हास्यव्यङ्ग्य विधामा बनेको यस छोटो सिनेमा ग्रामिण खानेपानि तथा सरसफाई कोषका लागि शुभ मिडिया होमले निर्माण गरेको हो। नेपालमा देखिएको सरसफाईको कमिलाई यस छोटो सिनेमाले प्रस्तुत गर्नेछ। दिपक आचार्यले लेखेको यस छोटो सिनेमा धुर्मुस सुन्तलीले निर्देशन गरेका हुन्। हरियो बिल्लामा सिताराम कट्टेल, कुन्जना घिमिरे, कमलमणी नेपाल, अनिता बैजु, जानुका केसी, यादव देवकोटा, सुरज सुनुवार, इन्द्रजित चौलागाँई, बिनोद राई, पल्पसा ढंगोल, लेखान्त भुसाल लगायतका कलाकारहरुको अभिनय रहेको छ।

गोकुल अधिकारीले खिचेको यस छोटो सिनेमालाई रबिन भट्टले सम्पादन गरेका हुन् भने यस सिनेमाको प्रमुख कार्यकारी निर्माताका रुपमा सरोज वली रहेका छन्।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top