Breaking News
Loading...

‘प्रेमगीत २’को ‘न त हाँस्न नै सके’ बोलको गीत सार्वजनिक

फिल्मीबजार, ३ साउन, काठमाडौं

यहि साउन १३ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘प्रेमगीत २’ले आफ्नो फिल्मको ‘न त हाँस्न नै सके’ बोलको स्याड गीत सार्वजनिक गरेको छ ।भिडियोमा चलचित्रका मुख्य कलाकार प्रदिप खड्काको प्रेम पीडा देखाइएको छ ।

सागर संसार राइको स्वर, एलिस कार्कीको संगीत र मनिषा खड्काको शब्द रहेको यस गीतलाई दर्शकले रुचाउने विश्वास लिन सकिन्छ ।
आशुसेन फिल्मसद्धारा निर्मित यो चलचित्रको छायांकन नेपाल, थाइल्यान्ड र म्यानमारमा गरिएको हो ।

चलचित्रमा प्रदीप खड्का, अश्लेषा ठकुरी, कैलाश कट्वाल, कविता रेग्मी, सन्तोष सेन लगायतका कलाकारको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रामशरण पाठकले निर्देशन गरेका हुन् ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top