Breaking News
Loading...

‘छक्का पञ्जा–२’ को ‘ए दाजु नसमाउ…’ बोलको गीत सार्वजनिक

फिल्मीबजार, ६ साउन २०७४, काठमाडाै

 नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–२’ को गीत सार्वजनिक भएको छ । अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वरमा रहेको गीत ‘ए दाजु नसमाउ…’ बोलको गीत सार्वजनिक भएको हो ।

प्रिन्स र अल्मोडाको संगीत रहेको गीतको शब्द प्रिन्स र दीपकराज गिरीले लेखेका हुन् ।

गीतमा जितु नेपाल, केदार घिमिरे, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का र वर्षा राउत रहेका छन् ।

असोज ११ गतेका लागि रिलिज डेट लिएको चलचित्र ‘छक्का पञ्जा–२’ मा दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बुद्धी तामाङ्ग, स्वरुप पुरुष ढकाल, स्वस्तिमा खड्का लागायतका कलाकारले अभिनय गरेका छन् ।

 दीपाश्री निरौलाद्वारा निर्देशित उक्त फिल्मलार्इ अभिमन्यू निरवीले लेखेका हुन् ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top