Breaking News
Loading...

बिहिबारे रिलिजमा ऐश्वर्य

फिल्मीबजार, ९ कार्तिक २०७४,काठमाण्डौ ।
शुक्रबार मात्रै नयाँ फिल्म रिलिज हुन पाउने प्राबधान रहेता पनि पछिल्ला केहि बर्ष देखी चाडबाडलाई केन्द्रित गर्दै बिहिबारै नयाँ फिल्म रिलिज हुने गरेका छन् ।बिहिबार फिल्म रिलिज गर्नलाई कतिले ठुलै पाबर समेत लगाउने गरेका छन् । यसै पालिको बिहिबार पनि छठको मौका छोप्दै चलचित्र ‘ऐश्वर्य’रिलिज गरिएको छ । प्राय:जसो दशै तिहार र तिजमा बिहिबार नै फिल्म रिलिज हुदै आएका छन् ।

एक समयका चल्तिका नायक रमेश उप्रेती चलचित्रमा कमब्याक भएको चलचतित्र ‘ब्रासलेट’ सुपर फ्लप भएपछि उनी आफै निर्माणमा होमिएका छन् ।

अमेरिकाको लामो बसाई पछि स्वदेश फर्केर चलचित्रमा पुन:कब्जा जमाउने कोसिसमा रमेश रहेका छन् । उनको लगानीमा निर्माण गरिएको चलचित्र ‘ऐश्वर्य’ आज देखी देशब्यापी प्रदर्शनमा आउने आएको छ ।

दिवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्रमा नयाँ अनुहार दिपिका प्रसाईको रजतपटमा प्रबेश भएको छ । यस चलचित्रमा रमेश र दिपिका संगै प्रशान्त ताम्रकार र केकी अधिकारी पनि मुख्य भुमिकामा छन् ।

अभिनेता रमेश उप्रेती प्रस्तुतकर्ता रहेको चलचित्रमा अर्जुन श्रेष्ठ र किरन राना उप्रेतीले लगानी गरेका छन् ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top