Breaking News
Loading...

फिल्म सुटिङका लागि चार्टड प्लेनमा अर्जुन कपुर

एजेन्सी, १८ मंसिर ।
बलिउड फिल्म ‘इश्कजादे’ को चर्चित जोडीका रुपमा चिनिएका बलिउड अभिनेता अर्जुन कपूर र अभिनेत्री परिणीति चोपडा अहिले नयाँ फिल्म ‘सन्दीप और पिंकी फरार’को सुटिङमा व्यस्त छन् ।यस फिल्मो सुटिङमा यि दुई अभिनेता-अभिनेत्री निकै ब्यस्त रहेका समचार आईरहेका बेला उक्त फिल्मको सुटिङकै लागि अभिनेता कपुरले प्लेन चार्टड गरेर लोकेसनमा पुगेको खबर छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सुटिङका लागि अभिनेता कपुर गत आइतबार चार्टड प्लेनमार्फत उत्तराखण्डको पिथौरागढ पुगेका थिए । उनी २५ दिनसम्म पिथौरागढ र नेपालको बैतडीमा फिल्मको सुटिङमा व्यस्त हुने संचार माध्यमले जनाएका छन् ।

सुटिङको पहिलो सेड्युलको सकेका अभिनेत्री परिणिति पनि सोमबार पिथौरागढ आइपुगेकी छन् । सुटिङका लागि करिब १ सय ५० जनाको समूह पिथौरागढ आइपुगेको छ ।

फिल्मको सुटिङ पिथौरागढ को सिमलगैर बजार, रोडवेज स्टेशन, चन्डाक, केएमवीएन गेस्ट हाउसमा हुनेछ । फिल्म सुटिङको अन्तिम चार दिन भारत र नेपालको सीमानामा पर्ने बैतडीको झुलालघाट पुलमा हुने जानकारी प्राप्त भएको छ ।

भिडियो हेर्नुहोस् :

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top