Breaking News
Loading...

प्रमोदले न्यु ईयर ईभमा सिड्नी तताउने

फिल्मीबजार, १९ मंसिर २०७४,काठमाण्डौ ।
मायालु ईभेन्ट सिड्नीले नयाँ बर्ष २०१८ को पुर्ब सन्ध्यामा डिसेम्बर ३० तारिखमा सिड्नीमा मायालु न्यु ईयर साँझ आयोजना गर्ने भएको छ ।पुर्न रुपमा मनोरन्जनका लागि आयोजना गर्न लागेको उक्त साँझमा गायक प्रमोद खरेल मुख्य आकर्षणको केन्द्र रहनेछन् । आयोजकले दिएको जानकारी अनुसार प्रमोदले सिड्नीको माहोल तताउनेछन् ।लामो समय पछि प्रमोद अष्ट्रेलियाको सांगितिक कार्यक्रममा सहभागी हुने भएका हुन् ।

म्युजिकल टुरमा रहेका गायक खरेलले उक्त साँझमा आफ्ना दर्जनौ गीतले दर्शकलाई मनोरन्जन दिने जानकारी गराइएको छ ।

उक्त कार्यक्रममा प्रमोद संगै लोकदोहोरी गायिका सम्झना लामिछाने,प्रकाश सपुत सहित सिड्नीका स्थानीय नेपाली कलाकार समिर आचार्य र निखिला चाँपागाईको प्रस्तुती रहने आयोजक बिशम गौतमले जानकारी गराए ।

उक्त कार्यक्रममा २० र ३० डलरको टिकट राखिएको छ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top