Breaking News
Loading...

मिस नर्स बनिन् सिम्रन तिवारी

फिल्मीबजार, १९ मंसिर २०७४,काठमाण्डौ ।
दिन प्रति दिन सौन्दर्य प्रतियोगिता आयोजना हुने क्रममा सहज मिडिया प्रालिले आयोजना गरेको मिस नर्स चितवन २०१७ को उपाधी भरतपुरकी सिम्रन तिवारीले जितेकी छिन् । नवलपरासीको गैडाकोटमा आयोजित फाईनल प्रतियोगीतामा तिवारीले १२ जना आफ्ना प्रतिष्पर्धीलाई पछि पार्दै जित हासिल पारेकी हुन् ।

उनलाई मिस नर्स चितवन २०१४ की विजेता ममता पाण्डेले ताज पहिराई दिएकी थिइन् । उनले मिस ट्यालेन्ट र मिस मल्टीमीडिया अवार्ड हात पार्दै अवार्डसगै नगद २५ हजार रुपैयाँ समेत हात पारेकी छिन् ।

आइतबार राती झण्डै ११ वजे घोषणा भएको उक्त नतिजामा फस्ट रनरअपमा सरिस्मा विश्वकर्मा र सेकेन्ड रनरअपमा सन्ध्या सुवेदी घोषित भए । उनीहरुले क्रमश २० र १५ हजार नगद हात पारेको आयोजकले जनाएको छ ।

त्यस्तै, कुसुम विश्वकर्मा मिस पर्सनालिटी, सचिता सापकोटा मिस क्याटवाक, लल्मी गैरे मिस बव्ली, अनुसा शर्मा मिस फोटोजेनीक, र आयशा भट्टराई मिस स्माईल मा घोषित भए । प्रतियोगीताको अन्तिम चरणमा सहभागीहरुलाई लिखित र मौखक दुवै प्रश्न सोधिएको थियो ।

सवै सहभागीलाई निर्णायकहरुले अलग अलग प्रश्न राखेका थिए। सहभागी प्रतिष्पर्धीहरुमध्ये आत्मविश्वास का साथ उत्कृष्ट जवाफ पेश गरेकी सिम्रन नै मिसपिस चितवन २०१७ को उपाधि चुम्न सफल रहेकी थिइन् ।

प्रतियोगीताको निर्णयकहरुमा मिसनर्स चितवन २०१४ की विजेता ममता पाण्डे, नायिका ओसीमा बानु, भरतपुर अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रुद्रप्रसाद मरासीनी, समाजसेवी राकेश मान श्रेष्ठ र युवा ब्यवसायी शुसान्त सिहं ठकुरी रहेका थिए ।

कार्यक्रममा कोरियोगाफ्री सुजन गुरूड़ र अर्पणा तामाङको समेत महत्वपूर्ण भूमिका थियो ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top