Breaking News
Loading...

यस्तो भन्छिन् एलिना : ‘चर्चामा आउन कि त पैसा कि त बैंश चाहिन्छ’

फिल्मीबजार, २० मंसिर २०७४,काठमाण्डौ ।
नेपाली साङगितिक क्षेत्रमा हालसालै प्रबेश गरेकी नबगायिका एलिना खनाल यतिबेला चर्चा हुन खोज्दैछिन् । यसको मतलब चल्न खोज्दैछिन् । तर काँचको पर्दामा छाउन सोचे जस्तो सजिलो पनि त छैन ।यिनै गायिका खनालले गीतसंगितमा सोचेभन्दा निकै गाह्रो रहेको बताएकी छिन् । उनले भनेकी छिन् ‘कलाकारिता क्षेत्र एकदमै गाह्रो छ । आफूले सोचेको भन्दा धेरै फरक हुँदोरहेछ । गीत गाउने वितिकै दर्शक, स्रोताले चिन्नुहुन्छ भनेर सुरुमा मख्ख हुन्थे । जव आफुले पाइला टेकेँ त्यसपछि महसुस भयो कति धेरै गाह्रो हुँदोरहेछ ।’

चर्चित गायिकाको सूचीमा आफ्नो नाम राख्न र छुट्टै पहिचान बनाउन संघर्षरत रहेको उनी बताउँछिन् । कलाकारिता क्षेत्रमा राम्रो र नराम्रो मान्छे छुट्याउन गाह्रो हुने उनको अनुभव छ । ‘सवैमा आ-आफ्नो स्वार्थ हुँदोरहेछ । अगाडि बढ्न कि पैसा चाहियो कि बैंस भन्ने पनि सुनियो ।पैसा छैन, बैंश हेर्ने, बैंश छ, पैसा नहेर्ने संस्कारले विकृति ल्याएको छ । पैसा र बैंश भए खुवी नभएपछि एक्कासी चर्चामा आउन सकिने उनको जिकिर छ । तर, आफु त्यसरी चर्चामा आउन नचाहने उनी बताउँछिन् ।

लभ र सेक्स प्राकृतिक विषय भएकाले खुलस्त कुरा गर्न अप्ठ्यारो नपर्ने उनी बताउँछिन् । तर, उनले आफू अहिलेसम्म लभ र सेक्सबाट टाढै रहेको दावी गरिन् । करिअर बनाएपछि मात्रै बिहे गर्ने उनको सोच छ ।

चर्चामा आउन कि त पैसा कि त बैस चाहिन्छ भन्ने यस किसिमको अभिब्यक्तिले कतै उनी आफै चर्चामा आउनका लागि नै पैसा र बैसलाई जोडेकि त होईनन् । हेर्दै जाऔ !

photo:facebook

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top