Breaking News
Loading...

गोरेमा दिलिप गाउँले देखि शहरीया सम्म

नेपाली चलचित्र क्षेत्रमा दिलिप रायमाझी एक स्थापित र लोकप्रिय नाम हो । नेपाली चलचित्रको श्रीबृद्धिको लागी दिलिप रायमाझिको ठूलो योगदान रहेको छ । डान्स गर्न जान्ने नायकको खाँचो परिरहेको समयमा दिलिप रायमाझिले नेपाली चलचित्रमा एकछत्र राज्य गरेका थिए ।

पछिल्लो समय उनका चलचित्रको संख्या कम भए पनि उनको लोकप्रियता भने कम भएको छैन । कहिले अमेरीका त कहिले नेपाल बस्दै आएका नायक दिलिप रायमाझि को लामो समयको अन्तराल पछि चलचित्र गोरे रिलिज हुन लागेको छ ।

चलचित्र गोरेमा दिलिपले शिर्ष भुमिका निर्बाह गरेका छन् । गाउँले परिवेश देखि शहरीया परिवेश सम्मको क्यारेक्टर अथवा सोझो गोरे देखि स्मार्ट गोरे सम्मको अभिनय उनले चलचित्र गोरेमा गरेका छन् । चलचित्रको कथा दिलिप रायमाझिकै लागी लेखिएको र यस्तो क्यारेक्टर दिलिप बाहेक अरुले गर्न नसक्ने निर्देशक रामेश कुमार राइ बताउछन् ।
यहि २९ गते देखि प्रर्दशनमा आउन लागेको चलचित्र गोरे मा दिलिपको साथमा अनु शाह , राकेश कुमार राइ , गुनु घर्ति लगायतका कलाकारको अभिनय रहेको छ ।
सुर्य जिसिको प्रस्तुती एव रुपा जिसिको निर्माण रहेको चलचित्र लाइ हरिनारायण चौधरीले छायांकन गरेका हुन् भने लेखन शंकर अधिकारी घायलको रहेको छ । चलचित्रका गितमा बिकाश चौधरीको संगित सुन्न सकिन्छ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top