Breaking News
Loading...

प्रदर्शनमा दिपज्योती

फिल्मीबजार, २२ मंसिर २०७४,काठमाण्डौ ।
शुक्रबार अर्थात मंसिर २२ बाट नेपाली कथानक चलचित्र ‘दिपज्योति’ प्रदर्शनमा आएको छ । नारायण मैनाली निर्देशित यस फिल्म देशभर झण्डै ५ दर्जन सिनेमा घरमा प्रदर्शन भईरहेको छ । तर,चुनाबी रौनकका कारण ब्यापारिक रुपमा भने धेरै नै कमजोर देखिएको छ । यस चलचित्रमा प्रमोद दिप, रजनी केसी, पुष्कर रेग्मी, खुश्वु खड्का, निर शाह, सरोज खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

फिल्मका नायक प्रमोदले ‘दपज्योति’ एकपटक हेर्नै पर्ने फिल्म बनेको बताए । यता पुष्कर रेग्मी थिएटर हुँदै फिल्ममा आएका कलाकार हुन् । उनले आफ्नो करिअरका लागि समेत ‘दिपज्योति’ कोसेढुंगा सावित हुने तर्क गरे ।

चलचित्रले सोचे अनुसार ब्यापार गर्न नसक्दा चलचित्रको निर्मातालाई जति असर पुगेको छ त्यसको दोब्बर चलचित्रकी नायिका रजनी केसी र खुस्बु खड्कालाई परेको छ । रजनी अभिनित परदेसी सफल चलचित्रको दर्जामा छ भने खुस्बु अभिनिति कुनै पनि चलचित्र सफल भएका छैनन् ।हरिश पन्थीको लेखनमा तयार यस फिल्मलाई निरन्जन ठाकुर र अन्जना राई ठाकुरले संयुक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रमा शिव घिमिरेको पटकथा तथा संवाद, गौतमराज खड्काको सम्पादन, सम्राट बस्नेतको द्धन्द रहेको छ । चलचित्रको गीतमा संगीत विकास चौधरी र सचिन गिरीले दिएका छन् ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top