Breaking News
Loading...

बाबुरामको पछि करिष्मा मानन्धर

फिल्मीबजार, २३ मंसिर २०७४,काठमाण्डौ ।
अभिनेत्री करिष्मा मानन्धर यतिबेला डा बाबुराम भट्टराईको बिजय उत्सब मनाउनमा निकै ब्यस्त छिन् । बाबुराम भट्टराईले गोरखा २ बाट नयाँ शक्ति पार्टी बाट प्रतिनिधि सभा सदस्यमा चुनाब जितेपछि करिष्माको ब्यस्तता र बढेको हो ।करिष्मा चलचित्र बाट टाढा हुदै गर्दा बाबुराम भट्टराईको पछि लाग्दै राजनितिमा प्रबेश गरेकी करिष्मा नयाँ शक्ति बाटै समानुपातिक उमेद्दवार समेत हुन् ।

यस पटकको चुनाबमा धेरै कलाकार तथा चलचित्रकर्मीले समानुपातिकमा चुनाब लडे पनि अहिले सम्म कुनै कलाकार र चलचित्रकर्मी बिजय भएका छैनन् । तर,करिष्माले आफ्नै पार्टीको अध्यक्ष भट्टराईको जितमा खुसियालि मनाउन पाएकी छिन् ।

तर,पटक पटक पार्टी फेरेर राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराको पछि लागेर चुनाबमा सक्रिय रहदै भोट माग्दै हिडेकी रेखा थापा यतिबेला चुपचाप छिन् । उनले मौन समयमा पनि करिष्मा मानन्धरलाई समर्थन जनाएकी थिईन् ।

चुनाबि मैदानमा चलचित्रकर्मी उद्दब पौडेल,नबल खड्का,डब्बु क्षत्री,दिनेश पाख्रिन रहेका छन् । चुनाब नतिजामा क-कस्ले सिन्दुरे जात्रा मनाउन पाउने हुन् हेर्न बाँकी छ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top