Breaking News
Loading...

सेक्स एकदमै सामान्य बिषय हो, मलाई त वास्तै लाग्दैन :ज्योति मगर

फिल्मीबजार,५ पौष २०७४,काठमाण्डौ ।
ज्योती मगर भनेसि नचिन्ने र नाम नसुकेको भन्ने सायद नहोला तर चिनाई या भनौ पहिचान भने फरक हुन सक्छ । राम्रो कामले चिनिन धेरै गाह्रो छ । तर,नकरात्मक दृष्टिकोण बाट छोटो समयमा नै भारल बन्न सकिदोरहेछ भन्ने उदाहरण देशमा धेरै कलाकारहरुले देखाईसकेका छन् ।सेक्स भिडियोलाई त सामान्य मान्न थालिसके नेपाली कलाकारहरु भने अब त्यस भन्दा माथि अरु के हुन सक्ला र ।ज्योती मगरलाई पनि अधिकास नेपालीले उत्ताउली केटीका रुपमा चिन्ने गरेका छन् । उनी गीत गाउछिन् त्यस हिसाबले गायिका हुन् तर कलाकार माथि आम जनताको नजर पर्ने हुनाले कलाकारले गर्ने र बोल्ने हरेक काम र शब्दले उसको पहिचान झल्काउछ र समाजमा असर समेत तुरुन्तै पर्ने गर्छ ।

गायिका ज्योती मगरलाई गीतले भन्दा पनि शरिर देखाएर गर्ने चर्तिकलाले चिन्ने गरेको अधिकांसको बुझाई छ ।
सम्भवत: उनी जति विवादित लोक गायिका अरु कोही छैन् । लोक गायिका भएर फिल्मका हिरोइनले भन्दा पनि छोटा लुगा लगाएको भन्दै उनको आलोचना हुने गरेको छ । त्यस्तै ‘गाएर’ भन्दा पनि ‘देखाएर’ चर्चामा आउने गरेको टिप्पणी पनि उनीमाथि हुने गरेको छ ।यसै सन्दर्भमा गायिका तथा मोडल ज्योती मगर संग गरिएको कुराकानीको सम्पादित अंश प्रस्तुत गरिएको छ ।

ज्योति मगर र सनी लियोनको अंग प्रदर्शनमा के फरक छ ?

सनीलाई विश्वले चिन्छ, मलाई नेपालीले मात्र । सबै नारी एकैनासका हुँदैनन् । मैले सनीले जस्तो देखाउनै नहुने कुरा देखाएकी छैन ।

ज्योति मगर स्टेजमा मर्यादा राख्दिनन् भन्छन् नि ?

हो र ? सुनेर दु:ख लाग्यो ! यद्यपि ओहो च्वाक रहेछ, सेक्सी रहेछ– भन्दैमा मर्यादाको प्रश्न उठाइन्छ भने मलाई भन्नु केही छैन ।

बाबु–आमाले रिल्याक्स गर्दा–गर्दै जन्मिएको जस्ता शब्द बोल्नुहुन्छ नि ?यो त ध्रुव सत्य हो ! सत्य कुरा गर्न किन डराउनु ?

ज्योति छोटा लुगा लगाएर चर्चामा आउँछिन् भन्ने आरोप पनि छ ?

छोटा लुगा लगाउँदैमा चर्चामा आइन्छ भने त राम्रै कुरा हो । हाम्रो पालामा त त्यस्तो थिएन दु:ख गर्नुपथ्र्याे, गीतै गाउनुपथ्र्याे ।

तपाईंको कार्यक्रम परिवारसँग बसेर हेर्न पनि गाह्रो हुन्छ ?

मैले त्यस्तो केही नराम्रो बोलेको, देखाएको जस्तो लाग्दैन ।

यति धेरै गायक–गायिकाको भीडमा ज्योतिकै मात्र चर्चा किन ?

स्टेजसँग मेरो एकदमै राम्रो सम्बन्ध छ । म स्टेजसँग बढी खेल्न सक्ने भएर पनि होला ।

विवाह नगर्ने ? कस्तो केटा रोज्नुहुन्छ ?

विवाह नगरी कसरी बस्नु ? जवानीको मज्जा त लिनुपर्‍यो नि † विवाह नै गर्न त मेरो मन छुने कोही त आउला नि ।

सेक्स के हो ?

एकदमै सामान्य कुरा हो, मलाई त वास्तै लाग्दैन ।

तपाईंको उमेर ?

छोरा मान्छेको आम्दानी र छोरीको उमेर नसोध्नु भन्छन् नि ।

स्लिम हुन मन लाग्दैन ?

हड्डीको पछाडि त कुकुर मात्र लाग्छ । वनको सक्कली बाघ त मसलको पछाडि नै दौडन्छ ।

सेटोपाटीको सहयोगमा ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top