Breaking News
Loading...

फिलिपिन्स उडे आर्यन !

फिल्मीबजार,२५ पौष २०७४,काठमाण्डौ ।
चकलेटी हिरोको रुपमा परिचित आर्यन सिग्देल पछिल्लो समय फिल्म ‘कायरा’ मा व्यस्त छन् । निर्मातासंगै फिल्मका अभिनेता समेत रहेका आर्यन फिल्मकै लागि फिलिपिन्स उडेका छन् । उनले आफु फिलिपिन्स उड्न लाग्दाको तस्बिर र जानकारी फेसबुकमा पोष्ट गरेका छन् ।ट्राभल गर्न मन पराउने यी अभिनेता यसपटक भने फिल्मकै लागि त्यहाँ पुग्दैछन् । पछिल्लो फिल्मले सोच अनुसारको अडियन्स फिडब्याक नपाएपछी आर्यन यसपटक सम्पूर्ण पक्षलाई छायाँकन अगाडी सुक्ष्म तरिकाले नियालेको उनि निकट बताउछन ।

संगीतसंगै स्टोरीलाई समेत हरेक दृष्टिकोण मार्फत हेरिरहेका आर्यन फिलिपिन्स छायाँकनको लागि या लोकेसन हेर्न पुग्दैछन भन्ने विषयमा भने केहि खुलाईएको छैन । उनले फेसबुकमा पनि त्यहा जान लागेको मात्र जनाएका छन् । उनको यस फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गर्दैछन ।

यसअघि आर्यन अभिनित धुवा यो नशा र अलविदालाई लक्ष्मणले निर्देशन गरिसकेका छन् । फिल्ममा आर्यनको जोडी साम्राज्ञी राज्यलक्ष्मी शाह देखिनेछिन । यसलाई शिवराम श्रेष्ठले खिच्नेछन् भने यसको एक गीतमा कल्याण सिंहको संगीत रहनेछ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top