Breaking News
Loading...

‘पद्मावत’संग डरायो ‘ह्याप्पी डेज’

फिल्मीबजार,२६ पौष २०७४,काठमाण्डौ ।
बलिउड बिबादको कारण चर्चामा आएको फिल्म ‘पद्मावती’ रिलिज हुने पक्का भए पछि नेपाली सिनेनगरीमा फेरी कोलाहल सुरु भएको छ ।अलि दरिलो बलिउड फिल्म रिलिज हुने भएपछि नेपाली निर्माता,निर्देशक र बितरकको मुटुमा ढ्याङग्रो बज्छ । यसै क्रममा सन्जय भंसाली निर्देशित तथा रणवीर सिंह , दीपिका पादुकोण र शहिद कपुर अभिनित फिल्म
‘पद्मावत’ जनवरी २५ मा रिलिज हुने निश्चित भएपछि सोहि मितिमा रिलिज हुने तयारीमा रहेको चलचित्र ‘ह्याप्पी डेज’ले रिलिज मिति सार्ने भएको छ ।

मिलन चाम्स निर्देशित तथा दयाहाङ राई र प्रियंका कार्की अभिनित फिल्मको निर्माण समुह ‘पद्मावत’देखि डराएको सहज रुपमा बुझ्न सकिन्छ । किनकि नेपाली सिने नगरीको चलनै हो अहिले चर्चित बलिउड फिल्म आए आफ्नो फिल्म रिलिज गर्न जोकोही निर्माता तयार हुदैनन् ।

‘पद्मावती’ छाँयाकन देखि नै विवादमा परेको थियो ।केहि समय अघि बिबादका कारण दिपिका र निर्देशक संजय भंसालीको टाउकोको मुल्य समेत तोकिएको थियो ।संजय लीला भन्साली निर्देशित फिल्मलाई भारतमा भने राजपुत करणी सेना र क्षत्रिय समाजको अवरोधको कारण रिलिज गर्न नसकिएको हो । फिल्ममा भारतकी राजपुत रानी पद्मावती र राजा रतन सिंह र सुल्तान अलाउद्दिन खिलबीचको प्रेमलाई दर्साउन खोजिएको छ। तर विरोधी समुहहरूले फिल्ममा रानी पद्मावतीलाई गलत ढंगले चित्रण गरेको आरोप गरेको लागेको छ । उता ब्रिटिस बोर्ड अफ फिल्म (बिबिएफसि) ले भने यो फिल्मलाई कतै पनि कैची नलगाई पास गरेको छ तर निर्माण टीम फिल्मलाई इन्डियामा टुङ्गो नलाग्दा सम्म विदेशमा रिलिज गर्ने मनसायमा नरहेको पनि भारतीय संचारमाध्यमले जनाएका छन् ।

केही समयअघि फिल्मका निर्देशक भन्साली र अभिनेत्री दीपीका पादुकोणलाई मृत्यु दण्ड दिने जस्ता विरोधसम्म आएको थियो । यसैले, उनीहरूलाई थप सुरक्षा प्रदान गरिएको छ । यसै क्रममा नायिका दिपिका पादुकोण अहिले सार्बजनिक कार्यक्रममा समेत निस्कन सकेकी छैनन् । यसै बिच फिल्मको नाम परिबर्तन गर्दै रिलिज मिति तय गरेको छ । पद्मावती बाट ‘पद्मावत’राख्दै चलचित्रले रिलिज मिति तय गरेको हो । ‘पद्मावती’ नाम राखेर तयार गरिएको फिल्मलाई केहि दृश्यमा सेन्सर लगाउदै र नाम ‘पद्मावत’ राख्दै रिलिज गर्ने अनुमति सेन्सर बोर्डले दिएको छ ।

Loading...

प्रतिक्रिया पठाउनुहोस्

( इमेल गोप्य राखिनेछ )

*

Enable Google Transliteration.(To type in English, press Ctrl+g)

Scroll To Top